२८ आश्विन २०८३, बुधबार

यूएईमा जम्दै नेपाली गायिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bunu-uprety

त्रिलोचन कोइराला

युएई । नेपाली संगीतमा जहाँ लगाब हुन्छ तब नै सांगीतिक परिचय बनाउन सकिन्छ । यस्तै आफ्नै सांगीतिक अस्तित्व खोज्दै सांगीतिक रियासनमा समय बिताउने बुनु उप्रेती चाँडै आफनो पहिलो सांगीतिक कोशेली बैमानी बजारमा लिएर आउँदै छिन् ।

सानैदेखि गीतसंगीत ्रति अत्यन्त झुकाव राख्दै अघि बढेकी उप्रेतीको गायिकासंगै आफ्नै एकल रचनामा रहेको पहिलो गीतिसंग्रहमा वरिष्ठ संगीतकार टीका भण्डारी र चर्चित युवा संगीतकार सुबास भुसालले साथ दिएका छन् ।

केहि बर्È देखि दुबईमा रहेर सांगीतिक रियासनमा अधिक समय बिताउने उप्रेती युएईमा हुने अधिकांश कार्यक्रममा गएर अरुको गायकी नियाल्छिन्, त्यसलाई आफ्नु घरमा आएर दुरुस्तै उतार्छिन । उप्रेतीको जीनमा सांगीतिक तिर्षना नशा बनेरै आएपछि उनले कम गर्न गत बर्ष आफ्नो शब्दमा नखाऊ कसम.. बोलको गीत अन्जु पन्तको स्वरमा रेकर्ड गराइन ।

नेपाली मिडियाले नखाउ कसम … गीतलाई मन पराइदिएकोमा उप्रेतीको शुÈुप्त रहेको सांगीतिक तिर्सना अझ बढेर आयो । अन्ततः उप्रेतीले आफ्नो शब्द र स्वरमा एक गीति एल्बम तयार गरेर छाडिन् । एल्बममा ६ वटा गीत छन् ५ वटा गीत उनी आफैले गाएकी छिन् भने एउटा गीत चर्चित गायिका अन्जु पन्तले गाएकी छिन । उप्रेती उस्तै स्वरकी धनी छिन्, जति उनले लेख्ने शब्दमा जादु छ । आधुनिक संगीतकी पारखी उप्रेतीलाई अन्जु पन्तले गएको गीत धेरै मन पर्छ रे, त्यसैले उनले आफ्नो जीवनको पहिलो सिर्जना नै उनलाई सजाउन दिइन ।

उबेला गाउँमा भजनको राम्रै टीम थियो दमकमा । त्यसमा पनि विष्णुलाल र चलुमाया उप्रेतीको भजनले गाउँनै सांगीतिक बन्थ्यो । उनै हजुरबुवा आमाको भजन सुन्दासुन्दै नातिनी बुनु उप्रेतीमा सांगीतिक रहर जागेर आएको थियो । सानो छँदा बुवा आमालाई झुक्याएर शिरकले मुख छोपेर रेडियोमा बज्ने गित गुनगुनाउने उप्रेती अन्तत: आफ्नै बाल्यकालको सपना “बैमानी” गीति एल्बम मार्फत पूरा गर्दैछिन ।

आगामी विजयादशमीसम्ममा बजारमा ल्याउने तयारी गरिएको सांगीतिक एल्बाम “बैमानी” सुगम संगीतको एक सुन्नैपर्ने संगीत बनेको यसमा प्रयास गर्नेहरु बताउँछन । एल्बममा रहेको झिलिमिली झिलिमिली दुबाई शहर … बोलको गीत छायांकन गर्न लागिएको उप्रेतीले बताएकी छिन ।