२८ आश्विन २०८३, बुधबार

मोदीको नेपाल चित्रमा विनोद चौधरीको रंग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep bhattarai

एउटा बहुचर्चित भनाइ छ– सफल त्यो हो, जसका शत्रु धेरै हुन्छन्, असल त्यो हो जसका मित्र धेरै हुन्छन् । यसलाई आधार मान्ने हो, नेपाली उद्यमी विनोद चौधरीका के धेरै होलान् शत्रु या मित्र ? हिसाव गरेर खुशी पार्नलाई त जे भने पनि हुन्छ तर यसको बेटुक जवाफचााहि शत्रु नै हो, त्योभन्दा फरक हुनै सक्दैन । यद्यपि, उनी त्यसको बहीखाता राख्दैनन्, बेप्रवाह आफ्नो गतिमा विचरण गरिरहन्छन् । कसैले एकातिरको बाटो थुन्न खोजे अर्कोतिर बाटो सोझाएर आफ्नो वेगलाई कायम राखी हाल्छन् । यो उनको सफलता हो र जीवन पद्धति पनि, यसलाई ‘विनोद डक्ट्रिन’ भने पनि हुन्छ । यही डक्ट्रिनले उनलाई खिचापोखरीको साघुरो गल्लीबाट फिनिक्सझै उठाएर फोब्र्सको बिलिनियर सूचीमा चढायो । सूचीमा उनको नाम त थियो नै, सागै उनको राष्ट्रको नाम थियो– नेपाल, राष्ट्रियताको नाम थियो– नेपाली । एउटा नेपाली उद्यमी व्यवसायीले आफ्नो क्षेत्रबाट मातृभूमीको मान राख्न जे गर्न सक्थे, उनले त्यही गरे ।

विनोदको पहिलो आयाम उद्यमशीलता भए पनि उनी त्यतिमा खुम्चने मान्छे हैनन् । बहुआयाममा फैलिएका छन् उनी । राजनीति उनको व्यक्तित्वको पछिल्लो आयाम हो । जे आयाममा फैलिए पनि मुलुकको समृद्धि नै उनको ध्येय हो । यही क्रममा उनी पहिलो संविधानसभाको सदस्य हुन पुगे । संविधानसभाको दोस्रो कार्यकालका लागि उनी चौधरीग्राम रहेको आफ्नो कर्मक्षेत्र नवलपरासीबाट प्रत्यक्ष चुनाव लड्न ठीक परेका थिए, उनीमाथि खासगरी माओवादीवृतबाट नियोजित किसिमले नै राजनीतिक आक्रमण भयो । त्यही बेला छोरा निर्वाण पनि व्यक्तिगत जीवनमा आधारित खबरको विषय बनाइए । एकातिर माओवादी अर्कातिर सानै वृत भए पनि एमाले इत्तर पार्टी पत्रकारिता, लड्न मुनासिव नलागेर हुन सक्छ उनले त्यो बाटो छोडे र लागे भारतको चुनावी जोड घटाउमा । भारतमा पनि ठूलो लगानी गरेका विनोदको नेटवर्क नहुने कुरै थिएन । मोदी लहरको अन्दाज भैसकेको थियो । गुजरातका मुख्यमन्त्री भएकै बेला सुमधुर सम्वन्ध बनाएर उनी मोदीको गुड–बुकमा परिसकेका थिए । संजोग नै भन्नुपर्छ, यही बेला विनोद मोदीका धर्मपुत्र जीतबहादुरको नेपालमा परिवार भेटाइ दिने सम्वन्ध–सूत्र पनि बने । यसले भावनात्मक रुपमा उनलाई मोदीसाग नजिकिन सहयोग पुर्‍यायो ।

विनोद उद्यमी त हुन् नै, त्यो भन्दा पनि बढी एक भिजिनरी बिजनेस लिडर हुन् । तथ्यमा आधारित सूचना उनका शक्ति हुन्, हाइपोथेसिसमा त उनी कुनै सपना पनि देख्दैनन् । नभन्दै भारतमा प्रचण्ड बहुमतका साथ मोदी युग सुरु भयो । उनी दिल्लीमै बसेर कसरी मोदीको विकास मोडललाई नेपालसाग जोड्ने ? अझ यसो भनौ, कसरी मोदीलाई नेपाली जनजनको भावनासाग जोडेर वर्षौदेखि भारतको ‘ठूल्दाइ–प्रवृति’ले अमिलिएको नेपाली मनलाई शान्त बनाउने ?, आफैंलाई एउटा प्रोजेक्ट दिएर उनी यी र यस्तै प्रश्नहरुको उत्तरको खोजीमा लागे । नेपालीे राष्ट्रियताको चुरो अनि भावनामा बग्ने नेपाली प्रवृतिको तन्तु तन्तु समातेका विनोद सारा गृहकार्य गरेर भारतीय जनता पार्टी र त्यसका नेपाल रणनीतिकारसाग बसे । यस क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, विदेश प्रभारी विजय जोलीलगायतका नेताहरुलाई नेपाल–भारतबीच रहेको अविश्वास, सम्वेदनशीलता र सम्वोधन हुनुपर्ने प्राथमिकताहरुका बारेमा सम्झाउने प्रयत्न गरे । यसमा उनलाई सफलता हात लाग्यो । परिणामत: त्यसैको पृष्ठभूमीमा सुष्मा स्वराजको नेपाल भ्रमणको एजेण्डा तय भयो, त्यही आधारमा मोदीको नेपाल चित्र उभियो । यस क्रममा एमालेबाट संविधान सभासद् रहिसकेका विनोदलाई एमालेकै महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मन्त्रालय सम्हालिरहेको अवस्थाले समन्वयका लागि थप सहयोग पुर्‍यायो ।

Binod-Chaudharay-modi-family

विनोद यसलाई सोझै स्वीकार्दैनन् किनकि उनलाई कूटनीतिका तानाबानाहरुका बारेमा राम्ररी ज्ञान छ । उनी यति मात्र भन्छन्, ‘महामहिम मोदीजी साग मेरो पुरानो दाहोरो परिचय छ । आर्थिक समृद्धि आजको अपरिहार्यता भन्ने कुरामा हामी दुबैको गहिरो विश्वास छ । नेपालको समृद्धिका लागि नेपाली जलसम्पदाको बहुआयामिक उपयोग गर्नुपर्छ भन्ने कुरामा हाम्रो सोचमात्र हैन, कोण पनि मिल्छ । उहाा नेपालको भलो चाहने भारतीय राजनेता हो । नेपालको आर्थिक समृद्धिको मार्गचित्र लिएर हिडेको एक नेपाली हुनुको नाता उहाालाई यससाग आवश्यक पर्ने जानकारी उपलव्ध गराउनु मेरो राष्ट्यि कर्तव्य हो । म त्यो कर्तव्य पूरा गर्ने कुरामा सचेत छु र रहनेछु ।’

मोदी एक्सन ओरिएन्टेड नेता हुन् । उनी प्रक्रियामा भन्दा पनि परिणाममा विश्वास गर्छन् तर त्यो परिणाम सर्वहिताय, सर्वसुखाय हुनुपर्छ भन्ने उनको मान्यता छ । विनोद मोदीको यो कार्यशैलीप्रति अत्यन्त प्रभावित छन् । विनोद आफै पनि सुरुदेखि नै डिअन्टोलजकिलभन्दा पनि टेलियोलजिकल सिद्धान्तमा विश्वास गर्ने मान्छे हुन् । संसारका अपवाद बाहेक हरेक सफल मानिसहरु यही बाटोबाट सफलताको शिखर चुम्छन् ।

सन् २०११ मै डबल डिजिट आर्थिक वृद्धिको मानचित्र लिएर हिडेका थिए विनोद । उनले त्यसका लागि मागेको समय सन् २०२० आउन अब ६ वर्ष मात्र बााकी छ । तर, उनको त्यो सपना बिचैमा अनेकौ कारणले बाागियो, तुहिएको भने मान्न तयार छैनन् उनी । भन्छन्, ‘यो अझै सम्भव छ र खासै महत्वाकांक्षी लक्ष्य पनि हैन यो । पर्यटन, कृषि र जलस्रोतलाई केन्द्रमा राखेर तीनचुले प्राथमिकताको रोडम्यापमा हिड्ने हो भने त्यो लक्ष्य सजिलै हासिल गर्न सकिन्छ । तर, त्यसका लागि प्रष्ट भिजन र त्यसलाई लक्ष्यसम्म पुर्‍याउने इच्छा शक्ति चाहिन्छ ।’ संजोग भनौं या एउटै कोणको सोच, भारतीय प्रधानमन्त्री मोदीले पनि संविधानसभाको विशेष सम्वोधनमा नेपालको समृद्धिका लागि यिनै तीन बाटा सुझाएका थिए ।

नेपालमा जलस्रोत सेतो सुनका रुपमा रहेको छ । यसको समुचित विकासबाट मात्र नेपाल समृद्ध बन्न सक्छ, विनोद यो कुरामा दृढ निश्चित छन् । त्यो सबैको उत्पादन नेपालको बुताको विषय हैन, त्यसका लागि वैदेशिक लगानी आवश्यक छ । भारत नै हाम्रो विद्युतको बजार पनि भएकाले उसको पनि यसमा हित छ । त्यसैले उसलाई सागै लिएर हिड्न सके मात्र नेपालको जलस्रोतको विकास हुन्छ । विनोद भन्छन्, ‘तर, यसमा नेपालमा अझै पनि आशंका छ । कुनै कालखण्डमा गरिएका कोशी र गण्डक सम्झौताका कारण यस्तो आशंका हुनु स्वभाविक पनि छ । तर, अब त तिनै कोशी र गण्डकीमा खर्बौ क्युसेक पानी बगिसक्यो, संसार कहााबाट कहाा पुगिसक्यो । अब कुनै पनि किसिमको आशंका पाल्नुभन्दा पनि टेबलमा बसेर ‘विन विन सिचुयसन’का लागि नेगोसियसन गर्ने ल्याकतको विकास गर्नुपर्छ । त्यसो गर्न सकियो भने मात्र नेपालको समृद्धि सम्भव छ ।’

नेपाल विश्वको दोस्रो र चौथो अर्थतन्त्रको विचमा छ । तापनि, भौगोलिक सहजताका कारणले नेपालले विश्वको चौथो ठुलो अर्थतन्त्र भारतसागै सहकार्य गरेर आर्थिक समृद्धिको बाटोमा हिड्नुपर्ने परिस्थिति छ । यो सत्यलाई स्वीकार गरेर अविश्वासलाई विश्वासमा परिणत गर्दै अघि बढ्नमै नेपाल र भारत दुबैको कल्याण छ । विनोदलाई पनि यस्तै लाग्छ, उनी भन्छन्, ‘हामीले चाहे पनि नचाहे पनि प्याराडाइम सिफ्ट हुन्छ हुन्छ, यो गतिको नियम हो र यही नै विज्ञान पनि हो । हामी एक ठाउामा अड्डी लिएर हाम्रो भावी पिंढीको सपनामाथि खेल्न सक्दैनौं र खेल्नु पनि हुँदैन ।’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई एक आपसमा रहेको अविश्वासको बादल हटाउने क्रममा कोशेढुंगा ठान्छन् विनोद । उनी भन्छन्, ‘खासगरी मोदीको सहज एवं पारदर्शी सोच र भावनाको सम्मान गरेर अघि बढ्न सकियो भने यो भ्रमणको जगमा सुन्दर सपनाको महल हैन, यथार्थमै समृद्धिको महल बनाउन सकिन्छ । तर, त्यसका लागि सधैं नै अविश्वास गर्ने शंकालु बानी मात्र हैन, नकारात्मक सोचको पनि तिरस्कार आवश्यक छ । त्यसका लागि फेरि पनि राष्ट्यि सहमति आवश्यक छ । सहमति गीत हैन सजिलै गाउन सकिने, यो त राष्ट्रमा रहेका विविध सोच र कोणको सामुहिकता हो । यसका लागि सबैमा साझा आर्थिक समृद्धिको मार्गचित्र हुनुपर्छ । ’