२९ आश्विन २०८३, बिहिबार

नेपाली महिला कामदारलाई निःशुल्क लैजाने इजरायलको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Israel

काठमाडौं, २३ साउन । २ वर्षदेखि बन्द रहेको इजरायलले पहिलोपटक नमुना योजना (पाइलट प्रोजेक्ट) का रुपमा नेपाली कामदारलैजाने प्रस्ताव गरेको छ । यसका लागि इजरायलले पहिलो वर्ष ५० नेपाली कामदार लैजाने प्रस्तावसमेत गरेको छ ।नेपालले भने ३ सय ५० देखि ५ सय जनासम्म नेपाली कामदार लैजान प्रस्ताव गरेको छ ।

इजरायल महिलाका लागि आकर्षक श्रम गन्तव्य मुलुक मानिन्छ । त्यहाँ नेपालीको मासिक न्युनतम पारिश्रमिक १ हजार डलर (करिब ९७ हजार रुपैयाँ) छ ।

इजरायलले म्यानपावर एजेन्सीले बढी रकम असुल्ने तथा अनियमितता गर्ने भएकाले सरकारमार्फतमात्र नेपाली कामदार लिने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली मोडलमा नै इजरायलले कामदार लैजानेबारे सरकारसँग छलफल चलाइरहेको छ ।

यो प्रक्रियामा दुवैतर्फका सरकारी निकायले मात्र काम गर्न पाउनेछन् । इजरायलका स्थानीय एजेन्ट र नेपाली म्यानपावर एजेन्सीबीच कमिसन लिनेदिने प्रतिस्पर्धा चलेपछि बन्द गरिएको इजरायली रोजगार निजी क्षेत्रलाई सहभागी नगराई जनशक्ति लैजाने प्रक्रिया अघि बढेको हो ।

इजरायलले परीक्षा व्यवस्था पनि हुनुपर्ने प्रस्ताव नेपालसँग गरेको छ । परीक्षा हुँदा अंग्रेजी र गणित विषय आकषिर्त हुनेछन् । पाइलट प्रोजेक्टमा कामदारसँग पैसा नलिने र त्यसपछि रकम लिन सक्ने प्रस्ताव नेपाललाई पठाएको छ ।