लामोसाँघु, २२ साउन । सुनकोसी नदी थुन्ने गरी पहाड खस्दा पुरिएर बेपत्ता भएकामध्ये हालसम्म एक सय २३ जनालाई मृत घोषित गरिएपछि मृत्यु हुनेको संख्या एक सय ५६ पुगेको छ। अहिलेसम्म शव भने ३३ जनाको मात्रै भेटियो।
स्थानीय प्रशासनले बेपत्ता व्यक्तिलाई मृत घोषित गर्दै उनीहरूका आफन्त तथा परिवारलाई राहत बाँड्न थालेको छ।
उक्त पहिरोमा मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित परिवारको समेत सहमति लिएर बेपत्तालाई मृतकको सूचीमा समावेश गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले पहिरोमा परी हराएका व्यक्ति जिउँदै भेटिने सम्भावना लगभग शून्य रहेको र तत्काल शव पनि फेला पर्ने अवस्था नदेखिएपछि त्यस्ता परिवारका सदस्य तथा आफन्तलाई मृतकसरह नै राहत बाँड्न थालिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
चार दिनसम्म पनि शव फेला नपरेपछि कतिपयले कुशलाई शव मानेर अन्त्येष्टि गरेका छन्।















प्रतिक्रिया