
रौतहट, २० साउन । जिल्लाको पोठियाही गाविस बस्ने एक महिलाले एकैपटक चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।
स्थानीय पोठियाही गाविस–८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ ।
नवजात शिशुको तौल ५०० देखि ७०० ग्राम रहेको छ । शिशुको अवस्था चिन्ताजनक रहेकाले अस्पतालमा राखेर बच्चाको स्याहार भइरहेको बच्चाका पिता राजेश यादवले बताउनुभयो ।
उहाँले आर्थिक अवस्था कमजोर भएका कारण कसरी लालनपालन गर्ने समस्या भएको बताउनुभयो ।
उता ती बच्चाको विशेष उपचारमा संलग्न चिकित्सकहरुले सामान्यतया नवजात शिशुको तौल दुई किलोग्राम हुनुपर्नेमा ती बच्चाको तौल कम भएकाले समस्या देखिएको बताएका छन् ।













प्रतिक्रिया