२८ आश्विन २०८३, बुधबार

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-arabia

रियाद, साउन २० । एकजना २ वर्षे शिशुको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदारलाई सोमबार मृत्युदण्ड दिइएको समाचार छ ।

ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ ।

यी घरेलु कामदार महिला साउदी शिशु ओसामा विन मइद अल एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा दोषी पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तथापि मन्त्तालयले अपराध विस्तृत विवरण नदिएको सरकारी समाचार संस्था एसपीएले जनाएको छ । यी घरेलु कामदार महिलालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो । साउदीमा इस्लामी सरिया कानुन लागू हुन्छ ।

यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डैती तथा लागूपदार्थको गैरकानुनी बेचविखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड हुन्छ । आजको राजधानी दैनिकमा समाचार छ ।