२९ आश्विन २०८३, बिहिबार

पहाड बिरोधी राजनीति त्याग : मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-modiकाठमाडौं, २० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तराईका नेतालाई पहाडविरोधी राजनीति त्यागेर सबैसँग सहकार्य गर्न आग्रह गरेका छन्।

मोदीको अभिव्यक्तिले भारतीय संस्थापनले नेपालको तराई क्षेत्रमा चलाउँदै आएको नीतिबाट नयाँ सरकार अलग भएको र नेपालमा घृणामा आधारित क्षेत्रीयताको राजनीतिमा अब उसले कुनै साथ नदिने संकेत दिएको छ।

मोदीले आइतबार संसद्‌मा गरेको सम्बोधनमा ‘तराई’ शब्दको प्रयोग गरी ‘मधेस’ शब्दको उच्चारण नै नभएकोमा कांग्रेसका सभासद् अमरेशकुमार सिंहले आपत्ति जनाएपछि उनले खुलेरै र स्पष्ट शब्दमा पहिलाको भारतीय नीतिभन्दा फरक खालको अभिव्यक्ति दिएका थिए भन्दै आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनले भने, ‘मलाई एउटा नेपाल थाहा छ जसमा हिमाल, तराई र पहाड छन्, मलाई अरू कुरा थाहा छैन।’

पछाडि परेका वर्ग र समुदायको पीडा र भावना आफूले अनुभूति गर्न सक्ने बताउँदै नेपालका समस्या समाधान सबै नेपालीले मिलेर गर्न सक्नुपर्ने सुझाव उनले दिएका थिए।