२९ आश्विन २०८३, बिहिबार

सुनकोसीमा पहिरोपछि अरनिको राजमार्गमा वैकल्पिक बाटो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

01काठमाडौं, २० साउन । सिन्धुपाल्चोकको माङखामा गएको पहिरोबाट अवरुद्ध बनेको अरनिको राजमार्गमा सेवा सुचारु गर्न सरकारले बैकल्पिक बाटो बनाउने भएको छ ।

पहिरो र डुबानले अरनिको राजमार्ग अवरुद्ध भएकाले त्यसको सट्टा बैकल्पिक बाटो खोल्ने निर्णय गरेको हो ।

गृहमन्त्री बामदेब गौतमको अध्यक्षतामा बसेको बैठकले राजमार्ग अवरुद्ध हुदाँ नेपाल तथा चीन बीच आयात, निर्यात र तथा आवागमन रोकिएकाले बैकल्पिक बाटो खोल्न पहल सुरु गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

त्यसका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेना सहित अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अस्थायी पुल र बैकल्पिक बाटो खोल्ने निर्णय गरेको हो ।