२९ आश्विन २०८३, बिहिबार

मरेको चार बर्षपछि कतारबाट आयो ४० लाख क्षतिपूर्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dil-kumari-BK_Qatar-Nepali-support

घनश्याम पराजुली

कतार । कतारमा ज्यान गुमाएका एक नेपाली कामदारका परिवारले चार बर्षपछि राहत रकम पाएका छन् ।

स्याङ्गजा जिल्ला बिचारी चौतारा गाविसका दल बहादुर बिक २०१० को जुलाईमा रोजगारको सिलसिलामा कतार आएका थिए । आएको तीन महिना नपुग्दै कतारको सनैयास्थित सडक दुर्घटनामा उनको मृत्यु भएको थियोे ।

परिवारलाई सुखमा राखौँला अनि ४ जना नावालक छोराछोरीहरुको लालनपालन र उचित शिक्षा दिन सकिएला भन्ने उद्देश्यका साथ कतार छिरेका बिकको सपना परदेशी भुमिमै बिलायो । कमाउन गएको श्रीमानले तीन महिना लाग्योे, अब त घरखर्च पठाउला र घर गुजारा चलाउँला भन्दै प्रतिक्षामा बसेकी उनकी श्रीमती दिल कुमारी बिकलाई आफ्ना श्रीमानको मृत्युको खबरले होस नै उडायो । श्रीमान गुमाउनुको पीडा त छँदैछ, २ छोरा र २ छोरीको लालनपालन कसरी गर्ने चिन्ता उनका लागी खपिनसक्नु हुन्थ्यो । बिक कतार गएपछि जन्मेको काखे बालकलाई स्याहार्नु कि मेलापात गरेर दैनिक गुजारा चलाउनु ? उनका लागि सहज थिएन । कतारमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन्छ भन्ने सुनेकी उनलाई दैनिक गुजारा चलाउने झिनो आशा थियो ।

त्यही आशा श्रीमानको निधन भएको ४ बर्ष पछि पूरा भएको छ । ४ बर्ष पछि कतारको अदालतले मृतकको पक्षमा सुनुवाई गरेपछि उनका परिवारलाई कतारी रियाल १ लाख ५९ हजार ८ सय ६० क्षतिपूर्ति स्वरुप बिमा कम्पनीले दिएको छ । उक्त रकम मृतकका परिवारले पाइसकेका छन् ।

उनको परिवारिक स्थितिलाई मध्यनजर गर्दै स्याङ्जा सहयोग समाज बिचारी चौतारा ईकाई कतारले तुरुन्तै ४ लाख संकलन गरी मृतकका परिवारलाई राहत स्वरुप पठाएको थियो । रकम संस्थाका उपाध्यक्ष प्रकाश पौडेल नेपाल गएको बेलामा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, सचिव मेघ प्रनेस लगायतका व्यक्तिहरुको रोहवरमा मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए । बिमा कम्पनीबाट क्षतिपूर्ति स्वरुप पाएको रकमले मृतकका परिवारलाई भविश्यमा सहज होस भन्ने उद्देश्य अनुरुप २० लाख जिल्लास्थित कृषि विकास बैकको मुद्दती खातामा पाँच बर्षका लागी जम्मा गरिएको छ भने बाँकी रकम गरिमा विकास बैकमा जम्मा भएको । समितिका बिचारी चौतारा इकाई कतारका अध्यक्ष बमबहादुर कार्कीले बताए ।

विभिन्न माध्यमबाट सहयोग गर्ने संस्थाका संरक्षक पे्रम नेपाली, संस्थापक अध्यक्ष खड्कबहादुर नेपाली, नेपाली दुतावास कतार लगायत सम्पूर्णलाई अध्यक्ष कार्कीले धन्यवाद दिए ।