२९ आश्विन २०८३, बिहिबार

एमाले नेता र मोदीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, १९ साउन । नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेकपा एमालेका नेताहरुबीच भेटवार्ता जारी छ ।

भेटमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्षहरु वामदेव गौतम, भीम रावल, विद्या भण्डारीलगायतका नेताहरु सहभागी छन् ।

बौद्धस्थित हायात होटलमा रहनुभएका मोदीले आज प्रमुख दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस, एकीकृत नेकपा ९माओवादी० का नेताहरुका साथै तराईमा क्रियाशील नेताहरुसँग भारतीय प्रधानमन्त्रीले आजै छलफल गर्नु हुनेछ ।

भेटमा दुई देशको सम्बन्ध, नेपालमा जारी संविधान लेखनको प्रक्रिया र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

दलका नेताहरुसँगको भेट लगत्तै प्रधानमन्त्री मोदी नेपाली उद्योगीहरुसँग भेटघाट सकेर आज साँझ भारत फर्कनु हुनेछ ।