दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । यतिमात्र नभएर प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । यही कारण दहीलाई अधिक पोषक मानिन्छ । दहीको यही गुणबाट थुप्रै लाभ लिन सकिन्छ ।
– अनुहारमा दही लगाउनाले छाला कोमल हुन्छ र बिस्तारै निखार पनि आउँछ । दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ ।
यसबाट साइड इफेक्ट पनि हुँदैन ।
– दही सेवन गर्नाले खानेकुरा राम्रोसँग पच्छ ।
– दहीमा पाइने क्याल्सियमले हाड र दाँत बलियो हुन्छ । यसले अस्टियोपोरिसिसजस्तो रोगसँग लड्न मद्दत गर्छ ।
– उच्च रक्तचापका रोगीलाई दहीले फाइदा गर्छ । तर, आयुर्वेदका अनुसार राति दही सेवन गर्नु हुँदैन ।
– दहीमा ज्वानो मिलाएर खाने हो भने कब्जियतमा फाइदा गर्छ ।
– दही कपालमा लगाउनाले चाया हट्नुका साथै कपाल नरम अनि चमकदार हुन्छ ।














प्रतिक्रिया