सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गरेपछि आइतबार अपराह्न मांखा–१ निवासी छ वर्षीया सुहाना श्रेष्ठको शव निकालिएको थियो । सोही स्थानबाट सोमबार बिहान १०:४५ बजेसम्म थप आठवटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको घटनास्थलबाट सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
डेढ सय जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
थुनिएको तलाउले आइतबार बेलुकादेखि नयाँ बाटो बनाएर नदीको रुप लिई पानी बगिरहेको प्रहरीले बताएको छ ।














प्रतिक्रिया