काठमाडौं, १९ साउन । नेपाली निजी मिडियालाई प्रवेश निषेध गरेको राष्ट्रपति कार्यालयले भारतीय मिडियालाई भने प्रवेश दिएको छ ।
राष्ट्रपति रामवरण यादवसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने कार्यक्रमको समाचार संकलनमा पुगेका नेपाली निजी मिडियालाई भने गेटमै रोकियो ।
निर्धारित समयतालिका अनुसार, सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय पुगेका नेपाली निजी सञ्चारमाध्यमका संवाददाताहरुलाई सुरक्षाकर्मीले शीतल निवासको गेटमै रोकेका हुन्। जबकी भारतीय संचारकर्मीहरुलाई भने विनारोकतोक भित्र पठाइएको थियो ।
सरकारी सञ्चारमाध्यमलाईमात्र प्रवेश गर्न दिने अनुमति भएकाले रोकिएको राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालले बताएका छन् ।

















प्रतिक्रिया