काठमाडौं, १९ साउन । दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आउँनुृ भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
उहाँले साउनको सोमबार पारेर पशुपति मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । गेरु रंगको कुर्थामा पशुपति मन्दिरमा पुग्नु भएका मोदीले त्यहाँ करिव ५० मिनेट लगाएर पशुपतिनाथको विशेष पूजा गर्नुभएको थियो ।
उहाँले विशेष पुजा गर्ने क्रममा पशुपतिलाई २५ क्विन्टल सेतो चन्दन उपहार प्रदान गर्नुभएको थियो ।
मोदीलाई पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति मन्दिरको तस्वीरसहितको उपहार दिइएको थियो ।
पशुपतिनाथ मन्दिरमा पूजापछि बिहिरने क्रममा उहाँले सडकमा उत्रिएर सर्वसाधारणसँग अभिवादन समेत साट्नु भएको थियो ।














प्रतिक्रिया