२९ आश्विन २०८३, बिहिबार

अपराधमा १८ वर्ष मुनिका बालबालिका प्रयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeविराटनगर । पूर्वाञ्चलका विभिन्न आपराधिक घटनामा १८ वर्षमुनिका बालबालिकाको संलग्नता बढ्दै गएको छ ।

प्रहरीको तथ्यांकअनुसार आपराधिक घटनामा बालबालिकाको संलग्नता चार वर्षयता डरलाग्दो रुपमा बढिरहेको हो ।

ज्यान मार्ने उद्योग, चोरी, जबर्जस्ती करणी, सार्वजनिक अपराध, लागूऔषध, हातहतियार खरखजनालगायत घटनामा बालबालिकाको संलग्नता रहने गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनामा संलग्नमध्ये बालकको संख्या बढी छ । अन्तर्राष्ट्रिय कानुन अनुसार १८ वर्ष मुनिकालाई बालबालिका भनिन्छ । ऋपराधमा संलग्नमध्ये अधिकांश १४ वर्षमाथिका छन् ।

आर्थिक वर्ष २०७०–०७१ मा मात्र पुर्वाञ्चलमा दुईसय ७८ वटा अपराधिक घटनामा चार सय ४० जना बालबालिका संलग्न रहेको तथ्यांक पूर्व क्षेत्रीय प्रहरी कार्यालयसँग रहेको ।

तीमध्ये तीन सय ७७ बालक र ६२ बालिका छन् । यो संख्या २०६९–०७० को भन्दा एक सय ४८ ले बढी हो भन्दै आजको अन्नपूर्ण पोष्ट दैनिकले समचार छापेको छ । २०६९–७० मा दुई सय ९२ बालबालिका अपराधमा संलग्न थिए ।