काठमाडौं, १८ साउन । सिन्धुपाल्चोकमा दुख माथि झन् दुख थपिएको छ । जुरेको पहिरो पीडितको उद्दारका लागि गएको हेलिकप्टरले एक जनाको टाउको नै छिनाइदिएको छ ।
सुनकोशीमा पहिरोमा परी घाइते भएका व्यक्तिहरुको उद्धार तथा राहतका लागि गएको फिस्टेलको ‘नाइन एन ए जे आइ’ हेलिकोप्टरको पछाडितर्फको पखेटामा ठोक्किएर भोटेकोशीको किनारमा रहेको लास्ट रिसोर्टका म्यानेजर ठाकूर रिमालको ज्यान गएको हो ।
दौडिँदै हेलिकोप्टर अवतरण गरिरहेको ठाउँमा पुगेका रिमाल एक्कासी हेलिकोप्टरको पखेटामा ठोकिन पुगेका थिए ्रत्यसपछि पखेटामा ठोक्किएर उनको टाउको नै उछिट्टिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार, घटना आइतबार दिउँसो २ बजेतिरको हो ।
हेलिकोप्टरमा भने कुनै पनि प्रभाव परेको छैन ।
यो पनि पढ्नुहोस:
होटल म्यानेजरको टाउको नै उडाइदिने हेलिकप्टर पाइलट नियन्त्रणमा
















प्रतिक्रिया