३० आश्विन २०८३, शुक्रबार

मोदीको सम्वोधनले नेपालीको मन र मस्तिष्क जितेको छः बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai काठमाडौं, १८ साउन । एमाओवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सवै नेपाली जनताको मन र मस्तिष्क जितेको बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आइतवार नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गरेको केही क्षणमै ट्वीटरमार्फत भट्टराईले मोदीले यस्तो उल्लेख गर्नुभएको हो ।

उहाँले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनलाई जादुगीको संज्ञा दिनुभएको छ । ‘मोदीले संसदलाई सम्बोधनमार्फत सवै नेपाली जनताको मन जितेका छन्,’ उहाँले ट्वीटरमा भन्नुभएको छ ।