३० आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकका पहिरोपीडितलाई सहयोग गर्न राहत कोष स्थापना, पहिलो दिनै ४० लाख संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosi16

काठमाडौं, १८ साउन । सिन्धुपाल्चोकको माङ्खा गाविसमा गएको पहिरो पीडितका लागि राहत कोष स्थापना गरिएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सिमापार वाणिज्य संघ र नेपाल ट्रक कन्टेनर व्यवसायी संघले संयुक्त राहत कोष स्थापना गरेका हुन् । राहत कोषमा १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको सिन्धुपाल्चोक निवासी प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले जानकारी दिए ।

नेपालका अनुसार राहत कोष स्थापना भएकै दिन ४० लाख रुपैयाँ संकलन भएको छ । ‘संस्था र व्यक्तिबाट सहयोग संकलन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘भोलिदेखि घरदैलो सुरु हुन्छ ।’