काठमाडौँ, १८ साउन । नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गरिसक्नु भएको छ ।
उहाँले संसदलाई सम्वोधन गर्दै अन्तिममा भारत नेपाल मैत्रिसम्वन्ध अमर रहोस्, सार्वभौम राष्ट्र नेपाल हिमालय भन्दा पनि माथि उठोस् भन्दै मोदीले सम्बोधन सक्नुभएको छ ।
उहाँले संसदलाई सम्वोधन गर्दै १७ वर्षसम्म भारतीय प्रधानमन्त्री नआएको भन्दै अब यस्तो नहुने बताउँनु भएको छ । ‘सार्क सम्मेलनमा आउँछु, जनकपुर र लुम्बिनी जान्छु,’ उहाँले भन्नुभयो।
महाकाली नदीमा पुल बने भारत र नेपालवीचको दूरी अझै कम हुने बताउनु भएको छ । त्यसो भयो भने नेपाल–भारतको दुरी कम हुने उहाँको भनाई छ । उहाँले सीमा बाधक नबनोस्, पुल बनोस् भन्ने कामना गर्नुभएको छ ।
त्यसैगरी उहाँले नेपालको अध्यारो हटाउन भारत चाहन्छ भन्नुभएको छ । दशकपछि नेपालले हिन्दुसानको पनि अध्यारो हटाउने उहाँको भनाई छ । उहाँले जतिसक्दो छिटो ट्रान्समिसन लाइन बनाउँनु पर्नेमा पनि जोड दिनुभएको छ ।
पशुपतिनाथ र लुम्बिनीमा पर्यटक ल्याउन पर्ने भन्नुभयो । ‘त्यसो भए चना बेच्नेले पनि कामाउँछ, मुम्फली बेच्ने पनि कमाउँछ,’ उहाँले भन्नुभयो ।
त्यसैगरी उहाँले नेपाल र नेपालीसँग काँधमा काँध मिलाएर काम गर्न तयार रहेको बताउनु भयो । विश्वमा हिमालयको जडिबुटीको चर्चा रहेको भन्दै नेपालले हर्बव मेडिसिनको निर्यात गर्नुपर्नेमा जोड दिनुभयो । ‘म तपाईसँग मिलेर काम गर्न तयार छु,’ उहाँले भन्नुभयो ।
त्यसैगरी आयुर्वेदको सवैभन्दा ठूलो निर्यातकर्ता देश नेपाल बन्न सक्ने पनि उहाँले दाबी गर्नुभयो । हिन्दुस्तानलाई विजुली बेचेर पनि नेपाल विकासित मुलुक बन्न सक्ने भन्दै उहाँले नेपालको विकासमा काध मिलाउन तयार रहेको बताउनु भयो ।
उहाँले संसदलाई सम्वोधन गर्दै नेपालको विकासका लागि भारत जतिसुकै आवश्यक पर्छ त्यो दिन तयार रहेको बताउनु भएको छ ।
उहाँले सुनकोशी नदी पहिरोले थुनिँदा आफूलाई गहिरो दुःख लागेको भन्दै आफ्नो सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कोशीको बाढीले जति नेपाललाई चिन्तित बनायो हिन्दुस्तानीलाइ पनि त्यति नै बनाएको बताउनु भयो ।
उहाँले संसदलाई सम्वोधन गर्दै नेपाल हिमालयको शिर जस्तो उच्च होस्, यही हेर्ने हाम्रो इच्छा भन्नुभएको छ । त्यसैगरी उहाँले सम्राट अशोक र बुद्दको चर्चा गर्दै युद्दबाट बुद्दमार्गमा लाग्नेको प्रसंसा समेत गर्नुभयो ।
उहाँले एमाओवादीतर्फ संकेत गर्दै युद्धबाट बुद्धको बाटोमा आएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले नेपालमा बुलेट छाडेर ब्यालेटमा जाने संकल्प गरेकोमा पनि एमाओवादीलाई प्रशंसा गर्नुभयो ।
उहाँले नेपालले बनाउँने संविधान नेपालका लागि मात्र हैन, बिश्वकै लागि स्वणिर्म पृष्ठ बन्नेवाला रहेको पनि दाबी गर्नुभयो ।
















प्रतिक्रिया