काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएकै दिन नेपालमा भुकम्प आएको छ ।
आज बिहान मोदी आएकै बेला छिमेकी राष्ट्र चीनको तिब्बतलाई केन्द्रविन्दु भएर ५.५ रेक्टरको भुकम्प आएको हो । भुकम्पको धक्का नेपालको सिन्धुपाल्चोक र काभ्रे लगायतको जिल्लामा महसुस भएको खानी तथा भु(गर्भ विभागका भुकम्पविद रमेश पाण्डेले जानकारी दिनुभयो ।
भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाबाट २०० किलोमिटर उत्तर तिब्बतमा पर्छ । भुकम्पको क्षतिबारे विस्तृत विवरण आएको छैन ।
















प्रतिक्रिया