२९ आश्विन २०८३, बिहिबार

सिंहदरबारमा वान टू वान वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India's Prime Minister Modi shakes hands with his Nepalese counterpart Koirala before the start of their bilateral meeting in New Delhi

काठमाडौँ, १८ साउन । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा वार्ता सुरु भएको छ ।

अहिले वान टु वान वार्ता भइरहेको र केही बेरमै दुवै देशका प्रधानमन्त्री सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीचमा सिंहदरबारको क्याबिनेट हलमा आपसी हितका सम्बन्धमा द्विपक्षीय वार्ता हुनेछ ।

उच्चस्तरीय प्रतिनिधि मण्डलको वार्तामा सहमति जुटेका विषयमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको बैठक कक्षमा सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

विद्युत व्यापार सम्झौता (पीटीए)  र माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकास सम्झौता (पीडीए) भने नहुने भएको छ ।