काठमाडौँ, १८ साउन । नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले औपचारिक रुपमा जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री मोदीलाई उहाँ रहनुभएको होटल हायातमा शिष्टाचार भेटगरी परराष्ट्र मन्त्री पाण्डेले भ्रमण कार्यक्रमबारे विस्तृत जानकारी गराउनुभएको हो ।
सो अवसरमा सवारी एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालको पनि सहभागिता थियो ।
त्यस अवसरमा परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी र नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत दुवै देशका विशिष्ट सरकारी कर्मचारीको उपस्थिति रहेको थियो ।
अपराह्न प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा स्वागत तथा केही समय बिनासहयोगी एक्लाएक्लै भेटघाट गर्नुहुनेछ । यसपछि उहाँहरुबीच द्विपक्षीय वार्ता हुनेछ ।














प्रतिक्रिया