२९ आश्विन २०८३, बिहिबार

मोदी भ्रमणले उपत्यकाका विद्यालयको पठन–पाठन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-uppatak

काठमाडौं, १८ साउन । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण आज र भोलि काठमाडौँ उपत्यकाका विद्यालयको पढाइ प्रभावित हुने भएको छ ।

खासगरी काठमाडौं र ललितपुरका विद्यालय प्रभावित हुने भएका छन् । औपचारिकरूपमा विद्यालय बन्दको निर्णय भने गरिएको छैन ।

सुरक्षा व्यवस्थापनमा सहयोग गर्न आज र भोलि यस क्षेत्रमा विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयले मौखिकरूपमा आग्रह गरेपछि विद्यालयहरू स्वतःस्फूर्त बन्द हुन थालेका छन् ।

कतिपय ठाउँमा विद्यालय पुगिसकेका विद्यार्थी पनि घर फर्कन थालेका छन् । सवारीसाधन हुने संस्थागत विद्यालयलाई आवागमन गर्न थप कठिनाइ देखिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यालयले यस अवस्थालाई बुझेर सहजरूपमा सघाउने विश्वास दिनुभयो । तर गृह मन्त्रालयले समयमै औपचारिक निर्णय गरिदिएको भए थप सजिलो हुने उहाँको भनाई थियो ।
उहाँका अनुसार आइतवार बिहान एसएलसीको तयारी कक्षा भने सञ्चालन भएको थियो ।