२८ आश्विन २०८३, बुधबार

सुनकोसी पीडितलाई सहयोग गर्न जापानमा सहयोग समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan_mapकाठमाडौँ, १८ साउन । सिन्धुपाल्चोक जिल्लाको मांखास्थित जुरेमा गएको पहिरोका कारण सुनकोसी नदी थुनिएर विस्थापित भएका सिन्धुपाल्चोकवासीको सहयोगका लागि जापानमा बस्ने नेपालीले सहयोग समिति गठन गरेका छन् ।

नेपाली काँगे्रसको भ्रातृसंस्थाका रुपमा गठन भएको नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित ४२ सदस्यीय समितिले आजैदेखि जापानमा सहयोग सङ्कलनसमेत सुरु गरिसकेको समितिका पूर्वअध्यक्ष एवम् काँग्रेस महासमिति सदस्य बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग समितिमा जापानको प्रमुख सातवटा सहर टोकियो, हिरोसिमा ओसाका, जागोटा, क्युसियु, किताकान्तो र मिघातामा रहेका जनसम्पर्क समितिका अध्यक्षहरुलाई समेत समावेश गरी जापानभरि सहयोग सङ्कलन गर्न लागिएको पनि श्रेष्ठले बताउनुभयो ।