२९ आश्विन २०८३, बिहिबार

सुनकोसीको ताल पूरै खुल्न कम्तीमा ७२ घन्टा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkosiकाठमाडौं, १८ साउन । सिन्धुपाल्चोकको मांखा, जुरेमा पहिरो गएर १२ घन्टा बढी समय थुनिएर जमेको १ करोड ५० लाख क्युबिक मिटर पानी निकास हुन कम्तीमा ७२ घन्टा लाग्ने अनुमान प्राविधिकले गरेका छन्।

पहिरोले बनाएको बाँधको स्थलगत भ्रमण गरेर फर्किएका जलउत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजन जियोहाइड्रोलोजिस्ट सनमुखेस अमात्यका अनुसार बिस्तारै पानी निकास हुने अवस्था छ। उनले भने, ‘त्यस क्षेत्रमा पानी परेन भने ७२ घन्टासम्ममा जमेको पानी निकास हुन्छ भन्ने अनुमान हो।’
बाँधले पूरै नदी थुनेको अवस्थामा एक मिनेटमा १ दशमलव ५० सेन्टिमिटरका दरले पानीको सतह बढेको जानकारी दिँदै अमात्यले भने, ‘ब्लास्ट गरेर खोला खोलेपछि पानीको सतह बढ्न छाड्यो, त्यस आधारमा बिस्तारै जमेको पानी घट्छ।’

पहिरोले थुनिएपछि भोटेकोसीको पानी करिब ३० मिटर उचाइसम्म जमेको, ३ किलोमिटरसम्म फैलिएको र खोलाको चौडाइ २ सय मिटरका आधारमा करिब १ करोड ५० लाख क्युविक मिटर पानी जम्मा भएको हिसाब अमात्यको छ भन्दै आजको नागरिक दैनिकले समाचार छापेको छ । ‘बिस्तारै निकास भयो भने तल्लो क्षेत्रमा क्षति हुने सम्भावना कम छ,’ अमात्यले भने, ‘भोलिसम्मको स्थिति हेरेर पहिरोले बनेको बाँधलाई अझ खोल्ने वा नखोल्ने निर्णय हुन्छ।’
‘पानी खोलेपछि घटनास्थलबाट करिब ७ किलोमिटर वर खाडीचौरमा कोसीको पानी खतराको सतह भन्दा १ मीटर तलै रहेको पाइयोु अमात्यले भने ‘ खोलेको पानी बगेर आउँदा खतराको लेभल १ मिटरभन्दा तल रहेकाले तल्लो क्षेत्रमा क्षति हुने सम्भावना कम छ।’