२९ आश्विन २०८३, बिहिबार

सुनकोसीमा आठ जनाको शव भेटियो, सय जना बेपत्ता, नदी खुलाउन सुरु (मृतकको नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosi-1

सिन्धुपाल्चोकको मांखा गाविसस्थित जुरे भन्ने स्थानमा आज बिहान गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउने कार्य प्रारम्भ गरिएको छ ।

अहिले नदी खुलाउन सुरक्षा निकाय परिचालन भएको र चट्टानको ढिस्को नै बगेर खोला थुनिएकाले अत्यन्त कठिन भइराखेको बताइएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भएको र १०० भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । नदी थुनिएको क्षेत्रभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई अन्यत्र सार्ने काम पनि भइराखेको छ ।

पहिरोग्रस्त क्षेत्रबाट एकजना बेल्जियम नागरिकसहित १६ जना घाइतेको उद्धार गरिएको छ ।