सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको नदी आसपासका झन्डै ८ गाविसमा उच्च सतर्कता अपनाइएको छ ।
सिन्धुलीमा पनि बिहानै दैवीप्रकोप उद्धार समितिको बैठक डाकेर उच्च सतर्कता अपनाइएको छ ।














प्रतिक्रिया