२९ आश्विन २०८३, बिहिबार

सुनकोशीमा मर्नेको संख्या एक दर्जन, १८ जना बेपत्ता, काभ्रे, रामेछाप र सिन्धुलीमा पनि खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-11

सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोले एक दर्जन भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

अहिलेसम्म १३ जना मानिसको मृत्यु भएको सिन्धुपाल्चोकका सभासद् मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । थुप्रै मानिसहरु अहिले पनि बेपत्ता भएका कारण मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । सुरक्षा निकायले भने आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पहिरोबाट व्यापक जनधनको क्षति गर्ने खतरा देखिएपछि तत्काल समाधान दिन सिन्धुपाल्चोकका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।