२९ आश्विन २०८३, बिहिबार

कोरिया लैजाने नेपाली कामदारको कोटा गोप्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

south-korea

काठमाडौं, १७ साउन । दक्षिण कोरियाले अवदेखि विदेशी कामदार लिंदा कोटा गोप्य राख्ने भएको छ ।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत विदेशी कामदार लिंदा कोटा निर्धारण नहुने भएको हो । कोरियाको यो निर्णयसँगै कति संख्यामा नेपाली कामदार कोरिया जान पाउनेछन् भन्ने पहिल्यै जानकारी पाउन अव कठिन हुने भएको छ ।

यसअघि कोरियाले परीक्षका लागि आवेदन फारम भर्ने बेलामा नै कामदारको कोटा तोक्ने गरेको थियो ।

नेपाल सहित विभिन्न १५ वटा मुलुकबाट कोरियाले विदेशी कामदार लिने गरेको छ । अवदेखि यी कुनै पनि मुलुकमा पहिल्यै कामदारको संख्या निर्धारण हुने छैन् । साथै कोरियाले वर्षेनी भाषा परीक्षा संचालन गर्ने भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।