२९ आश्विन २०८३, बिहिबार

मोदीको भ्रमणमा आशा धेरै तयारी कम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं , १६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखि हुने दुई दिने आसन्न भ्रमणमा उच्चस्तरको कुनै पनि सम्झौता विहिबार अवेरसम्म सरकारले टुंगो लगाउन सकेको छैन् ।

शुक्रबार अवेर वा शनिबार आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर एजेण्डाहरु स्विकृत गर्न सक्ने अधिकारीहरुले बताए ।

प्रमुख राजनीति दलले सहमतिमो भारतसंग विद्युत ब्यापार सम्झौता ९पिटिए० गर्न सरकारलाई सुझाव दिइसकेको छ ।

तर त्यसअघि कार्यदले भने त्यो विषय सम्झौताको खाका संसदमा राख्न पर्ने बताएका थिए । उक्त सहमतिय सम्झौताको खाका शुक्रबार भारतीयलाई पठाएपछि त्यहांबाट आउने जवाफ पछि टुंगो लाग्नेछ ।

भ्रमणको अवस्था र नेपाल सरकारको तयारी बारे जानकारी दिएर भारतीय राजदूत रणजित राय दिल्लीबाट काठमाडौं फर्किसकेका छन् । तर, सरकारले यसमा टुंगो लगाउन सकेन ।

भ्रमणको तयारीमा जुटेका अधिकारीहरुका अनुसार अहिलेसम्म त्यस्तो कुनै ठोस काम भइसकेको छैन् भन्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

भ्रमणको आतिथ्य, भेटभाट र दुइपक्षीय सम्झौताको विभिन्न तहमा काम भइरहेको छ र पनि टुंगोमा सरकार पुग्न सकेको छैन् । सरकारले पिटिए गर्न सकिन्छ कि भनेर अन्य एजेण्डा पनि टुंगोमा नपुर्‍याएको स्रोतले बतायो । पिटीए मोदीको भ्रमणमा नभए पनि प्रक्रिया भने अघि बढ्ने ति अधिकारीले बताए ।

अव दुई दिनमा केही हुने भए त्यो भारतको तर्फको निर्णयमा भर पर्ने ति अधिकारीहरुले बताए । सरकारले पिटिएको मस्यौदा तयार गरेर भारतलाई शुक्रबार बुझाउने छ ।

तर बैठकबाट तयार गरेको विषयमा मौखिक जानकारी पाइसकेको दूतावासले यसमा केही बोल्न चाहेन । तर परराष्ट्र मन्त्रालयलाई भने यो सम्झौता हतारमा नगरौ भनेर सुझाव दिएका छन् । अव प्रक्रिया अघि बढाएर सबै विषयमा स्पष्ट भएर टुंगो लगाउन भारतीय सुझाव रहेको एक अधिकारीले जानकारी दिए ।

तीन दलको कार्यदलले भारतसंग पिटिएको आधार तय गरेपछि दलहरुको सहमतिमा त्यो सम्झौता गर्न सुझाव विहिबार अपरान्ह दिएको भए पनि त्यसमा भित्री कार्यहरु धेरै गर्न पर्ने अधिकारीहले बताए । आसन्न भ्रमणमा त्यो सम्झौत हुन्छ या हुँदैन अहिले नै भन्न नसक्ने ति अधिकारीले बताए ।