काठमाडौ, १५ साउन । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई र नेतृ हिसिला यमीकी छोरी मानुषी यमी भट्टराई विद्यावाधिरी (पीएचडी) का लागि दिल्ली प्रस्थान गर्नुभएको छ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीति शास्त्रमा विद्यावाधिरी अध्ययनका लागि उहाँ बिहीबार दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राजनीतिशास्त्र र इतिहासमा त्रिभुवनविश्व विद्यालयबाट स्नाताकोत्तर गर्नुभएकी यमी त्रिभुवनविश्व विद्यालयकी स्ववियु सचिव हुनुहुन्छ ।
नेता भट्टराईले पनि जवाहरलाल नेहरू विश्वविद्यालयबाटै विद्यावारिधी गर्नुभएको थियो । एमाओवादी नेतृ हिसिला यमी पनि मानुषीसँगै दिल्ली प्रस्थान गर्नुभएको छ ।














प्रतिक्रिया