२८ आश्विन २०८३, बुधबार

सरकारसँग रिस उठेपछि मोडेलले नाँगो फोटो खिचाइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

robyn-lawley-Nude

सरकारी निर्णयको विरुद्धमा एक अस्ट्रेलियन मोडलले नांगो भएर विरोध जनाएकी छन् ।

अडानी ग्रुपको प्रस्तावित १५ दशमलव ५ अर्ब डलरको कोइला खानी तथा रेलको ढाँचासम्बन्धी परियोजनालाई सरकारले मन्जुरी दिएको विरोधमा २५ वर्षीया मोडल रबिन लालेले आफ्नो नाँगो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । उनले शरीरमा कोइला उत्खनन् बन्द गर्न माग गर्दै लेखेकी छन् ।

मोडलले नाँगो तस्वीर पोष्ट गर्दै आफ्नो फेसबुक पेजमा लेखकी छन् –कोइलाको कुनै भविष्य छैन ।

यो खानीबाट हुने नोक्सान अस्ट्रेलियाले धान्न नसक्ने उनको दावी छ। जर्मनीमा जस्तै नवीकरणीय ऊर्जामा ध्यान दिनुको सट्टा अस्ट्रेलिया पछाडि फर्केको उनको तर्क छ।

कारमाइकल कोइला खानी र रेलको ढाँचागत परियोजना मध्य क्वीन्सल्याण्डको गैलिलीमा पर्दछ । यो परियोजनाको विरोधमा पर्यावरणवादी समूहहरुले विरोध गर्दै आएका छन् । यो अस्ट्रेलियाको सबैभन्दा ठुलो खानी हो । एजेन्सी