२८ आश्विन २०८३, बुधबार

बीपी कोइरालालाई सम्झँदै बेल्जियममा रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blood-donation1

विष्णु सापकोटा 

बेल्जियम । नेपाली काँग्रेसका सँस्थापक नेता स्व. विश्वेश्वर प्रसाद कोइरालाको ३२ औँ स्मृति दिवस तथा उहाँको जन्म शताव्दीको उपलक्ष्यमा बिपी कोइराला स्मृति प्रतिष्ठान बेल्जियमले यहाँ एक बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिपी प्रतिष्ठान बेल्जियम र रेड्क्रस बेल्जियमको संयुक्त आयोजनामा महामानव बीपी कोइरालाको वार्षिक स्मृति दिवसको अवसरमा विगत तीन वर्षदेखि नियमित रूपमा गरिँदै आएको उक्त कार्यक्रम यस वर्ष पनि जुलाइ २८ तारीखका दिन बेल्जियमवासी नेपालीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको थियो ।

क्याथोलिक युनिभर्सिटी अस्पताल ग्यासथाउसबर्गको रेडक्रस भवनमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ध्रुवराज पौडेल, सचिव सीता सापकोटा, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरूँग, उपाध्यक्ष बिजय मल्ल, कोषाध्यक्ष नरहरी सापकोटा, एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठ, अन्तरराष्ट्रीय समन्वय परिषद सदस्य जानकी गुरूँग, नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री, जनसम्पर्क समितिका सह-महामन्त्री विष्णु सापकोटा, जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, राप्रपा प्रवासी नेपाली समाजका महासचिव दीपेन्द्र केसी, व्यवसायी सँघका उपाध्यक्ष चेत भट्ट, नवलपरासी समाजका महासचिव हरी सापकोटा, साँग्रीला समाजका परमानन्द सापकोटा, चितवन सहायता कोषका अध्यक्ष पार्वति अधिकारी, हेल्प नेपाल नेटवर्कका अध्यक्ष सहदेव गौतम सहभागी हुनुहुन्थ्यो ।

त्यसै गरि सो रक्तदान कार्क्रममा भाग लिनेहरूमा ओम शर्मा,भगवती अधिकारी, शिव डाँगी, चिरण खवास, रिजु वैध्य, रफी शाह, लालकाजी गुरूँग, ल्हमु शेर्पागुरूँग, बिष्णु तिवारी, प्रभा तिवारी, ओम प्रकाश गुरूँग, शान्ती भट्टराइ, कविता थपलिया, याम कुमारी गुरूँग, दिनेश भण्डारी, बिकाश कँडेल, शान्ती काफ्ले, राजु घिमिरे, लक्ष्मी कँडेल, प्रतिमा सापकोटा, इश्वरी कँडेल, लेखा देवी हमाल, सोनी लाम्बा, कमला क्षेत्री, बिष्णु कुमारी गुरूँग, नारायण पौडेल, बिणा केसी, सबिता अधिकारी, विष्णु पौडेल, रेखा तिवारी, सरस्वति कँडेल र आरबी घले हुनुहुन्थ्यो ।

blood-donation

नेपालबाट बेल्जियम भ्रमणमा रहनुभएका रत्ननगर रेडक्रस नेपालका भूपु अध्यक्ष वासुदेव सापकोटा र नवलपरासीकै अर्का अभिभावक शालिकराम सापकोटाको विशेष उपस्थिति रहेको थियो । उक्त रक्दान कार्यक्रममा रेडक्रश भ्यालान्दारेन ग्यासथाउसबर्ग लुभेन शाखा की प्रमुख लिन सेपर्सले बिगत तिन बर्ष देखि नेपाली हरुको सस्थाले परोपकारी काम गर्दै आएकोमा प्रसंशा गर्दै आगामी दिनहरुमा अझ प्रभावकारी रुपले सहकार्य हुनेमा आशावादी रहेको बताईन ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार महामानवको जन्म शताव्दीको उपलक्ष्यमा एक विशेष साहित्य गोष्ठीको समेत आयोजना गर्ने र प्रतिष्ठानद्वारा गत वर्ष घोषणा कार्यक्रम सहित बिपी कोइराला प्रतिभा पुरस्कार गुठी विधिवत रूपमा स्थापना गरिने जनाइएको छ ।