लण्डन । नेपालको पाँचथर जिल्लाबाट बेलायत आई बसोबास गरेकाहरुको संस्था पाँचथर समाज सेवा युकेको अधिबेशन यही आगामी अगष्ट १० मा हुने भएको छ ।
अधिबेशनले आगामी तिनबर्षको लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष एकराज नेम्वाङले जानकारी दिए ।
गोर्खा भवन फर्नबरोमा बसेको बैठकले अधिबेशनका लागि सल्लाहकार अरुण केरुङ, कृष्ण कुमार हेम्व्या र एकजना पछि थप गर्ने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
अध्यक्ष् नेम्वाङको अध्यक्षतामा बसेको बैठकले यसअघि समाजले २२ जुनमा भएको भेटघाट तथा च्यारिटी डिनरको समिक्षा गरेको थियो ।
बैठकले समाजको स्मारिका प्रकाशन गर्न अध्यक्ष् नेम्वाङको नेतृत्वमा कार्यसमितिका पदाधिकारीहरु सदस्य रहने गरी समिति गठन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष नरबिर आङ्बो, उपाध्यक्ष कुल प्रसाद योङ्या, लिला सेलिङ माबो, सन्तराज आङ्देम्बे, महासचिव नरप्रसाद थामसुहाङ, सचिव खगेन्द्र लावती, कोषाध्यक्ष् नगेन्द्र नेम्बाङ, सहकोषाध्यक्ष् धनबहादुर काङ्बाङ, सदस्य कृष्ण हेम्ब्या रहेका छन् । यस्तै गैर आवासीय नेपाली संघले उठाउंदै आइरहेको नागरिकता निरन्तरताको मुद्यालाई शशक्त पार्न विशेष भुमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा च्यारिटीबाट उठेको रकम पाँचथरस्थित अन्धा तथा अपांग स्कुललाई दिने निर्णय समेत गरिएको छ ।














प्रतिक्रिया