२८ आश्विन २०८३, बुधबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय अध्यक्षमा विश्वकर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC07466

बिजय थापा
भर्जिनिया । विश्वका ७२ वटा राष्ट्रहरुमा आफ्नो शाखा बिस्तार गरेको अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिती चयन गरेको छ ।

नवनिर्वाचित समितिको सपथ ग्रहण समारोह अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्पन्न भएको थियो ।

२०१ औं भानुजयन्ती तथा बार्षिक साधारणसभाका प्रमुख अतिथी तथा अमेरिकाका लागी नेपालका कार्यबाहक राजदुत ऋषीराम घिमिरेले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अमेरिका भ्रमणमा रहेका बरिष्ठ प्राध्यापक (समालोचक) डा. खगेन्द्र लुईटेल तथा विशेष अतिथी साहित्यकार कृष्ण धराबासीको उपस्थिति रहेको थियो ।

निर्बाचन प्रमुख बिमल नेपाल (फ्लोरिडा) ले अनेसासको नयाँ केन्द्रीय कार्यसमितीमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो । निर्वाचन समितिका सदस्यहरु क्रमस तिर्थ पाण्डे बाल्टिमोर, धनीराम सापकोटा न्युयोर्क, निर्बाचन पर्यबेक्षकहरु खेम भट्टचन वाशिंगटन डिसी तथा डा. भिम कट्टेल म्यारिल्याण्डको समेत उपस्थिति थियो ।

अनेसास (बोर्ड अफ ट्रस्टी) का अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुबेदी तथा केन्द्रीय कार्यसमितीका अध्यक्ष श्रीमती गीता खत्रीको पनि उपस्थिति रहेको थियो ।

नया कार्यकारी समितिमा क्रमस अध्यक्ष पदम विश्वकर्मा अमेरिका, बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली नेपाल, क्षेत्रीय उपाध्यक्ष उत्तर तथा दक्षिण अमेरिका राम खत्री अमेरिका, क्षेत्रीय उपाध्यक्षएशिया प्रकाश पौडेल माइला जापान, क्षेत्रीय उपाध्यक्ष युरोप सुमलकुमार गुरुङ बेलायत, क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया भिमसेन सापकोटा अष्टेलिया,

त्यसैगरी महासचिव गोबर्धन पुजा अमेरिका, सचिव प्रकाश नेपाल अमेरिका तथा कोषाध्यक्ष गीता पन्थले सपथ लिनुभएको थियो । होमनाथ सुबेदी ,गीता खत्री ,खेम भट्टचन ,नव नियुक्त अध्यक्ष पदम विश्वकर्मा तथा बिभिन्न महानुभावहरुले मन्तब्य राखेका थिए ।