२९ आश्विन २०८३, बिहिबार

दुई लाख रियाल जरिवाना पाउने नेपालीहरुलाई आममाफी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qatar Of State Logoदोहा , १५ साउन । कैद भुक्तान गरेर दुई लाख रियाल (५४ लाख रुपैयाँ) भन्दा बढी जरिवाना तिर्न नसकेरमा जेलमै रहेकासहित १९ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । धेरै जसो लागुऔषध प्रकरणमा जोडिएकाहरु छन् ।

कैदीलाई इदको अबसरमा आममाफी दिनेक्रममा नेपाली परेका हुन् । कतारस्थित दुताबास अनुसार, जेलमा परेका झन्डै ४६ जना नेपाली थिए ।

उनीहरुलाई केन्द्रीय करागारबाट नेपाल पठाउन घर फिर्ती केन्द्रमा स्तान्तरण गरिएको छ । ‘यसपटक १९ जना नेपालीलाई आममाफी दिइएको छ’, कार्यबाहक राजदुत गणेश ढकालले भने, ‘उनीहरुको प्रक्रिया पुरा गरी स्वदेश पटाइन्छ ।’

आममाफीमा म्याग्दीका लोकबहादुर क्षेत्री पनि परेका छन् । आफ्नो भाईबुहारीले पटाइदिएको भाङको आचार बोकेर आउदा उनी सन् २०१२ सेटेम्बर १६ मा बिमानस्थलबाटै पक्राउ परे ।

कतारमा डाइभरी गर्दै आएका क्षेत्रीलाई छुटाउन कम्पनी र दुताबासले प्रयास पनि गरेको थियो । नेपालमा भाङलाई खानपिनमा प्रयोग गर्ने भन्दै सरकारले कतारी निकायलाई औपचारिक पत्र पनि लेखिएको थियो ।

दुई लाख जरिवाना तोकिएको उनलाई सरकारले पत्र बुझाएपछि अदालतमा पुर्नबिचारको लागि फाइल पेश हुदा जरिवाना एक लाख रियालमा झर्‍यो । आउदो सेटेम्बर १६ तारिख उसको कैद भुक्तानी हुने भएपनि जरिवानाको कारण बस्नुपर्ने थियो । आममाफी पाएपछि उनी खुसी भएका छन् ।

त्यसैगरी लागु औषध मुद्दामै हालसम्मै सबैभन्दा बढी जरिवाना पाउनेमा शिब मण्डलले पनि आममाफी पाएका छन् । चार बर्षको सजाय पाएका उनलाई दुई लाख १५ हजार रियाल तोकिएको थियो । सन् २०१२ अगस्ट ७ बाट जेलमा रहेका उनको कैद सन् २०१५ अगस्ट ७ सम्म तोकिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

अर्को दुई लाख रियाल नै जरिवाना पाउनेमा मुमताज अन्सारी पनि आममाफीमा परेका छन् । उनी पनि लागु औषधमै जेल परेका हुन् । फ्रेववरी २३ सम्म तीन बर्षे सजायको कैद भुक्तान गरेपनि तोकिएको जरिवान तिर्न नसक्दा जेलमै थिए ।