मलेसिया । मलेसियाको राजधानीक्वालालम्पुरकोे द खुकुरी रेस्टुरेन्टमा धटेको घटनामा गायक राजेश पायल राई दोषी नभएको आदिवासी जनजाती महासंघ मलेसियाले वताएको छ ।
गत आइतवार राती क्वालालम्पुर स्थित ‘द खुकुरी रेष्टुरेन्ट’ मा भएको घटनामा केही संचारमाध्यममा आए जस्तो गायक राइकै कारण सो घटना नभएको महासंघ एक विज्ञप्ति निकालेर निकालेर प्रष्ट पारेको छ ।
डिआइडी लिटल मास्टर ३ कि विजेता टेरिया मगरलाई सम्मान गर्न आयोजित सो कार्यक्रममा राईलाई अपमान गरेको भन्दै उनले कार्यक्रममा उपद्रो गरेको भन्ने किसिमको समाचार प्रकाशित भएको र उक्त समाचारले राईप्रति अपमान गरेको विज्ञाप्तिमा जनाइएको छ ।
महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले र महासचिव जीवन देवान गाउँलेद्धारा हस्ताक्षरित विज्ञप्तिमा फेन्डसीप धमाका २ को नाममा आयोजना भएको सास्कृतिक कार्यक्रममा आएका कलाकार मध्य टेरिया मगरको सम्मानमा भएको कार्यक्रममा राईबीच कार्यक्रमवाटै हिडेपछि केही स्थानीइ मलेसियन आयोजक ले रेष्टुरेन्टमा पसी हुलहुज्जत गर्दा राइको नाम लिए पनि सो घटनामा राई संलग्न नरहेको विज्ञप्तिमा जनाइएको छ ।
मलेसियाका विभिन्न शहरमा आयोजना भएका सांगितिक कार्यक्रमका लागि गायक राई, मगर सहित अन्य कलाकारसमेत उपस्थिति भएको र सो सम्मान कार्यक्रममा पनि कलाकार उपस्थिति भएका थिए ।
धमाकाका आयोजक मध्यका कृष्ण पुलामीसँग समय मागेर सम्मान कार्यक्रम आयोजना गर्दा पनि रेष्टुरेन्टमा अन्य व्याक्ति पसि हुलहुज्जत गर्ने कार्यको भने महासंघले निन्दा गरेको छ । विज्ञप्तिमा सञ्चार माध्यममा समाचार आएजस्तो गरि सो घटना राजेश पायल राईले भने नगराएको प्रस्ट पारिएको छ ।













प्रतिक्रिया