सोलुखुम्बु, १४ साउन । सोलुखुम्बु जिल्लाबाट प्रत्येक महिना करिव तीन सयको हाराहारीमा युवाहरु विदेशिए पछि यहाँका कतिपय खेतीयोग्य जमिनहरु बाँझैँ रहन थालेका छन् ।
जिल्लामा रोजगारको अवसर नपाएपछि घर व्यवहार धान्नकै लागि प्रत्येक महिना करिव तीन सयको हाराहारीमा युवाहरु विदेशिने गरेका हुन् । मुख्य गरी वर्षयाम तथा खेतीपाती लगाउने सिजनमा ग्रामीण भेगका युवाहरु गाउँघरमा नभेटिएपछि खेतीयोग्य जमिन बाँझैँ रहने गरेको हो।
मूख्य गरेर जिल्लाको दक्षिणी क्षेत्रका युवाहरु रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । युवाहरु विदेशिएसँगै असार साउन महिनामा खेतीयोग्य जमिनहरु बाँझै रहेका छन् ।
उत्तरी खुम्बु क्षेत्रका युवाहरु पर्यटन क्षेत्रमा काम गर्ने भएकोले उनीहरु विदेश गए पनि पर्यटकहरुकै सम्पर्कबाट युरोपेली र अमेरिकी मुलुकतिर जाने गरेका छन् । सोलुखुम्बुबाट विदेशिनेहरुमा कामदारको रुपमा खाडी मुलुक नै बढी जाने गरेको पाइएको छ ।
सोलुखुम्बु जिल्लामा वैदेशिक रोजगारीमा पठाउने मेनपावहरुको तथ्याङ्कअ नुसार बढी युवाहरु खाडी मुलुक कतार, दुवई, मलेसियामा जानेको सङ्ख्या बढी रहेको लिंकस्टार मेनपावर प्रा.लि.सामाखुसी काठमाडौंका डाइरेक्टर तारामणि राईले जानकारी दिनुभयो ।














प्रतिक्रिया