२८ आश्विन २०८३, बुधबार

राजेशपायलका बारे समाचार लेख्ने पत्रकारलाई मलेसियामा मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajeshpayal-rai

मलेसिया । तेरिया मगर सम्मान कार्यक्रममा गायक राजेशपायल राईले बिबाद गरेको विषयमा समाचार लेखेका पत्रकार भुमि पराजुलीलाई ज्यान मार्ने धम्की आएको छ ।

गत आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित द खुकुरी रेष्टुरेन्टमा भएको घटनालाई समाचार वनाएको भन्दै नचिनेका व्यक्तिले पराजुलीलाई धम्की दिएका हुन ।

सोमवार उनले उज्यालो ९० नेटवर्कमा राजेशपायल राई र तेरिया सम्मान कार्यक्रमको आयोजक आदिबासी जनजाति महासंघ मलेसियाबीचको विवादका विषयमा समाचार लेखेका थिए ।

तेरिया भन्दा आफू वरिष्ठ भएको भन्दै राजेशपायलले आफूलाई पहिले सम्मान गर्नुपर्ने भन्दै विवाद झिकेपछि झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी टीका श्रीसले पत्रकारहरुलाई जानकारी गराएका थिए । bhumi-parajuli

तर, सोही विषयमा समाचार लेखेका पराजुलीलाई लुकाउनुपर्ने समाचार किन लेखेको भन्दै धम्की आएको हो । समाचार लेखेदेखि नै नचिनेको टेलिफोन नम्बरबाट बारम्बार धम्की आएको उनले बताए ।

टेलिफोनमा आएको धम्कीलाई आफूले रेडर्क गरेर सुरक्षित राखेको पराजुलीले बताए । पराजुलीले जीवन रक्षाका लागि माग गरेका छन् ।