काठमाडौं, १४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन चार दिन मात्र बाँकी रहेका बेला नेपालमा उहाँको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई कढा बनाइने भएको छ ।
निक्कै महत्वका साथ हेरिएको मोदीको नेपाल भ्रमणलाई विषेश सुरक्षा दिने उद्देश्यले भारतीय गुप्तचर तथा सुरक्षाकर्मीले काठमाडौंमा सक्रियता बढाएका छन् ।
मोदीको भ्रमण हुनु भन्दा केही दिन अघिदेखि नै उहाँलाई उच्च तहको सुरक्षा दिनका लागि भारतको गुप्तचर दस्ता, सेना, प्रहरी तथा विशेष सुरक्षा निकायका अधिकारीहरूको एउटा समूह काठमाडौंमा आइसकेको छ ।
भ्रमणका क्रममा मोदीले बुलेटपुफ्र गाडी प्रयोग गर्नुहुने छ । उक्त गाडीको सम्पूर्ण व्यवस्थापन पनि भारतीय पक्षले नै हेर्नेछ ।
त्यससँगै मोदीको सुरक्षाकै लागि भनेर भारतबाट विषेश तालिमप्राप्त कुकुर समेत झिकाइएको छ । त्यति मात्र होइन भारतका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीको सुरक्षाव्यवस्था सम्हाल्दै आएको स्पेसल प्रोटेक्सन ग्रुपको एउटा स्क्वाड नै नेपाल आएर विषेश खालको निगरानी गरिरहेको स्रोतको भनाई छ ।
भारतीय दूतावासको सुरक्षा निकाय पनि अहिले चनाखो बनेको छ । नेपालका तर्फबाट सुरक्षका तीन ओटै निकाय मोदीको सुरक्षामा खटिने छन् ।
मोदी यही साउन १८ र १९ गते दुई दिनका लागि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ विशेष विमान मार्फत १५ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ । उहाँ आउनु भन्दा करिब आधा घन्टा अगाडि र पछाडि समेत विमानस्थलबाट कुनै पनि विमान अवतरण र उडाउन हुने छैनन् ।
उहाँले विषेश पुजा–पाठ गर्ने भनिएको पशुपतिनाथ मन्दीरमा पनि उहाँ जानुभन्दा एक घन्टा अगाडि नै दुबै देशका सुरक्षाकर्मीले पशुपतिनाथ परिसरमा विषेश सुरक्षा दिनेछन् । त्यो समयमा अन्य सबैलाई प्रवेशमा रोक लगाइने छ ।














प्रतिक्रिया