२९ आश्विन २०८३, बिहिबार

भीआईपीका अंगरक्षकलाई सिधै गोली हान्‍ने अधिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police Nepalकाठमाडौं, १४ साउन । अतिविशिष्ट व्यक्ति र उच्चपदस्थका अंगरक्षकले सुरक्षाका लागि गोली प्रहार गर्नेसम्म अधिकार पाउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भीआईपी सुरक्षासम्बन्धी एेन पारित गर्दै यस्तो अधिकार दिएको हो।

बैठकले विस्तृत छलफलका लागि उक्त एेनलाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णयसमेत गरेको छ। समितिले आवश्यक परे केही परिमार्जन गरी व्यवस्थापिका संसद्मा पेस गर्नेछ।

भीभीआईपीहरू विवादमा परेर अलोकप्रिय हुँदै गएको अवस्थामा व्यक्तिगत सुरक्षा चुनौती थपिँदा यस्तो कानुन बनाउन लागिएको हो।

हालसम्म भीआईपीका सुरक्षाकर्मीले आफ्नो सुरक्षामा खतरा आएमात्र आत्मरक्षाका लागि हतियार चलाउन पाउने व्यवस्था रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

कानुन अभावमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अंगरक्षकले गोली चलाउँदा भएको घटनामा कानुनी कारबाही भोग्दै थुनामा बस्नुपरेको, पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकर्ताले झापड हान्दा होस् वा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा झापड हान्दा अंगरक्षकले गोली चलाउन नसकेको जस्ता घटनाक्रमले अंगरक्षकलाई यस्तो अधिकार दिनुपरेको तर्क गरिएको छ।