२९ आश्विन २०८३, बिहिबार

राजेश हमाल पत्नीलाई समेत पत्याएन् अमेरिकाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-madhu

काठमाडौं, १३ साउन । अमेरिकाले महानायक राजेश हमालकी पत्नीलाई समेत भिसा दिन अस्वीकार गरेको छ ।

श्रीमानसँगै अमेरिका जान लागेकी राजेश पत्नी मधुलाई हालै अमेरिकाले भिसा नदिएको हो । पत्नीका साथ अमेरिका जान लागेका राजेशले समेत अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ ।

अमेरिकाले पछिल्लोपटक थुप्रै कलाकारहरुको भिसा अस्वीकार गर्दै आएको छ । केही दिन अघि नायिका नायिका सुमिना घिमिरेलाई पनि अमेरिकाले भिसा दिन इन्कार गरेको थियो ।

सुमिनाले नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर, नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालार्इ पनि भिसा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचीमा परिसकेका छन् ।