२९ आश्विन २०८३, बिहिबार

महाधिवेशनले निर्देश गरे अनुरुप एमाले अघि बढ्छः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli baa

काठमाडौँ, १३ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले पार्टीको महाधिवेशनले निर्देश गरे अनुरुप एमालेले आफ्नो कदम अघि बढाउने बताउनु भएको छ ।

स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका ओलीले मंगलवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले सोहीक्रममा सरकार गठनअघि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति असक्षरशः पालना नभए सत्ता गठबन्धनमा संकट आउने समेत संकेत गर्नुभयो ।

सातबुँदे सहमति दराजमा थन्क्याउनका लागि गरिएको नभएको उहाँको भनाई थियो । त्यसैगरी उहाँले राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदले अनुमोदन गर्नुपर्ने वा नयाँ निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको पनि स्पष्ट पार्नुभयो । कांग्रेसले राष्ट्रपति अनुमोदनको कुरा सकिएको दाबी गर्दै आएको छ ।

ओलीलाई स्वागत गर्न विमानस्थलको विशिष्ठ कक्षमा कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिवहरु पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, प्रदीप ज्ञवाली लगायतका नेताहरु पुग्नु भएको थियो ।

भरतमोहन अधिकारी पनि ओलीको स्वागतमा विमानस्थल पुग्नु भएको थियो । अध्यक्ष ओली फङ्गल संक्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिंगापुर जानुभएको थियो ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ओली साउन ९ गते डिस्चार्ज हुनुभएको थियो ।