२९ आश्विन २०८३, बिहिबार

सिकारीकै सिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tiger
काठमाडौं, १३ साउन । जंगली जनावरमध्ये बाघ सिकारका लागि सबैभन्दा खप्पिस हो। एक सय वर्षअघि संसारभर एक लाखको संख्यामा रहेका यिनै सिकारी बाघको अहिले आफैं सिकार हुने क्रम बढेको छ।

चोर सिकारीले बाघको हड्‌डी र छालाको अन्तर्राष्ट्रिय माग पूरा गर्न यसलाई निसाना बनाइरहेका छन्।

एक सय वर्षमा ९७ प्रतिशतले घटेको बाघको संख्या अहिले विश्‍वभर तीन हजार मात्रै छ।

सन् २०१३ मा तीन हजार दुई सय रहेका बाघ एकै वर्षमा दुई सय घटेका छन्। यही अवस्थामा घटिरहे संसारभरबाट आगामी दस वर्षभित्रमा बाघ लोप भइसक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

बाघको संख्या घट्नुमा सबैभन्दा ठूलो कारण चोरी सिकार हो।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रयास भइरहँदा नेपालमा पनि चोरी सिकार बढिरहेको छ।

तराईमा पाइने यो सुन्दर जनावरको छाला र हड्डी बरामद हुने क्रम जारी छ। गत आर्थिक वर्षमा मात्रै पाँचवटा बाघका छाला तथा हड्डी बरामद भएका छन् भन्दै आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

अरू दुईवटा मरेका बाघ पनि फेला परेका छन्। ‘बाघका सबै अंग तथा रगतसमेत सिकारीले लैजाने कारणले यसको सिकार कहाँ भयो भन्‍ने पत्ता लगाउन पनि गाह्रो छ’, राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा.महेश्‍वर ढकालले भने।