२९ आश्विन २०८३, बिहिबार

अन्ततः पार्टी विभाजन गर्ने नै भए बाबुरामले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburamकाठमाडौ, १३ साउन । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले ‘योजनाबद्ध ढंगले समानान्तर समिति गठन गरेको आरोप संस्थापनले लगाएको छ । भट्टराई पक्षले संस्थापनले एकपक्षीय रूपमा गठन गरेका समितिको प्रतिवाद गरेको जनाएको छ ।

केन्द्रमा विवाद व्यवस्थापन समिति र जिल्ला विवाद समाधान गर्न दुई समिति बनेपछि भट्टराई पक्षले थप तीन जिल्लामा समानान्तर समिति गठन गरेको हो । समानान्तर समिति बन्दै गएपछि एमाओवादीभित्र विवाद भुसको आगो झै भित्रभित्रै बढै गएको छ ।

समानान्तर समिति बनिरहेका बेला भट्टराई ‘नयाँ शक्ति निर्माणका लागि पूर्वी नेपालमा कार्यक्रम गरी राजधानी फर्केका छन् । कतिपयले समानान्तर समिति गठन हुदै जानुलाई नयाँ शक्ति निर्माणको अभियानका रूपमा बुझेका छन् ।

सुनसरीको इटहरीमा वैकल्पिक विचार मंच नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भट्टराईले ुगधा धोएर गाई नबन्नेु भन्दै नयाँ विचार निर्माण हुनुपर्ने बताए । यसको सीधा प्रहार अध्यक्ष पुष्पकमल दाहालमाथि थियो ।

दाहालले भट्टराई पक्षले समानान्तर समिति गठन गरेको विषयलाई गंभीर रुपमा लिएका छन् । केन्द्रमा विवाद समाधान समिति बनिरहेकै बेला धमाधम समानान्तर समिति बनेपछि पार्टीमा स्थिति झ्न जटिल भएको छ । विवाद समाधानका लागि दाहाल र भट्टराईबीच सोमबार छलफल भए पनि कुनै निष्कर्ष निस्किएन ।

‘बाबुरामजीले योजनावद्ध ढंगले समानान्तर समिति गठन गर्दै जानुभएको छ’ दाहाल निकट एक नेताले भने, ‘फुटको आधार तयार गर्ने अभियान हो ।’ भट्टराईले शनिबार सुनसरी इटहरीको कार्यक्रममा राजनीतिक पार्टी बाहिर लाखौ व्यक्ति भएको उल्लेख गर्दै दलहरु अघि नबढे बाहिरका व्यक्ति मिलेर नयाँ शक्ति बनाउने बताएका थिए ।

यसले एमाओवादीप्रति उनको मोह कम हुदै गएको स्पष्ट संकेत गरेको छ । उनी नयाँ शक्ति निर्माणका लागि पश्चिम नेपालको जिल्ला जादैछन् । त्यहा पनि उनले वैकल्पिक विचार मंचमार्फत् आफ्नो धारणा राख्दैछन् ।

भट्टराई निकट नेता गंगा श्रेष्ठले जिल्लाहरुमा आफ्नो पक्षलाई निषेध गरेकाले केही जिल्लामा प्रतिवाद भएको बताए । ‘एकलौटी ढंगले कमिटी गठन गरेपछि त्यसको प्रतिवाद हुनु स्वभाविक हो’ उनको भनाइ छ ।

यो साता भट्टराई पक्षले गोर्खा, धनुषा र पर्सामा समानान्तर जिल्ला समिति गठन गरेको छ । यसअघि सिन्धुली, डडेल्धुरा, मकवानपुरलगायत छ जिल्लामा समानान्तर समिति गठन गरेको थियो । ‘संस्थापनले फरक विचारलाई बेवास्ता गर्दै लाने हो भने सबै जिल्लामा समानान्तर समिति बन्छन्’ भट्टराई निकट एक नेताले भने ।

समानान्तर समिति बनेका जिल्लामा संस्थापनले भट्टराई पक्षका नेताहरुलाई कार्वाही गरेको छ । जिल्लाहरुमा संस्थापन र भट्टराई पक्षका बेग्लाबैग्लै कार्यालय संचालन भएका छन् भन्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

संस्थापनले भट्टराई नयाँ शक्ति निर्माणको नाममा भट्टराई माक्र्सवादप्रति अविश्वास गर्दै गएको आरोप लगाएको छ । ‘बाबुरामजी सामाजिक जनवादी पार्टी निर्माण गर्न चाहनुहुन्छ, उहा त्यसको आधार तयार गर्ने कसरतमा हुनुहुन्छ’ दाहाल निकट नेताको भनाइ छ ।

विवाद मिलाउन केन्द्रमा भएका छलफल फलदायी हुन सकेका छैनन् । विभिन्न जिल्लाहरुमा देखिएका संगठनात्मक समस्याहरुको बारे यथार्थता अध्ययन तथा समाधान गर्न सचिव बर्षमान पुनको नेतृत्वमा कार्यदल बनेपछि पनि समानान्तर समिति थपिएका छन् । ‘विवाद मिलाउन कुरा हुदैछ, छलफल जारी छ’ कार्यदल सदस्य एबं भट्टराई पक्षीय नेता देबेन्द्र पौडेलले भने, ‘विवादित जिल्ला समिति भंग गरेर सहमतिमा जिल्ला समिति बनाउने प्रयास हुन्छ ।’

भट्टराई पक्षको दबाबलाई बेवास्ता गर्दै कार्यक्रम अघि बढाउने नीति संस्थापनको छ । त्यसैले जिल्ला समिति गठन विवाद सहजै समाधान हुने संभावना छैन । पार्टीभित्र फरक विचार छलफल गर्दै जाने बिधि बनाए पनि त्यो देखाउन बनाएको छ । पछिल्लो स्थायी समिति बैठकले अध्यक्ष दाहालको संयोजकत्वमा वैचारिक व्यवस्थापन समिति गठन भए पनि ठोस निर्णय भने गर्न सकेको छैन ।