इलाम, १२ साउन । घरभित्र पसेको निहुँमा गालीगलौज गरी जातीय भेदभाव गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पक्राउ गरेको छ ।
इलाम सोयाङ–१ का ४४ वर्षीय सुब्बा साइला भनिने धिरेन सुब्बा र उनकै श्रीमती ३५ वर्षीया दुर्गा सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।
सोयाङ–४ घर भएका १५ वर्षीय आशिष सुन्दासलाई दमाई किन घरमा पसिस् भन्दै गालीगलौज गरी धक्का दिएर बाहिर निकालेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैविरुद्ध जातीय छुवाछूतविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब निरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।
दमाई भएकै कारण गालीगलौज गरी घरबाट बाहिर निकाल्नेविरुद्ध आशिषकी आमा तारादेवीले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
















प्रतिक्रिया