३० आश्विन २०८३, शुक्रबार

हेपाटाइटिस दिवस मनाइदै, कसरी बच्ने हेपाटाइटिसबाट ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hepatitis

काठमाडौँ, १२ साउन । ‘हेपाटाइटिस फेरि एकपटक सोचौं, यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सूचित होऔं’ भन्ने नाराका साथ विश्व हेपाटाइटिस दिवस सोमबार मनाइदै छ ।

लिभर फाउन्डेसनका अध्यक्ष डा सन्तोषमान श्रेष्ठले सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर हेपाटाइटिस दिवस मनाउन थालिएको र नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउदै आएको बताउनुभयो ।

नेपालमा भाइरल हेपाटाइटिस कलेजो रोगको महत्वपूर्ण कारकको रूपमा देखिन्छ भने अल्पकालिन हेपाटाइटिस तथा जन्डिसको प्रमुख कारण हेपाटाइटिस इ भएको जानकारी दिंदै द लिभर क्लिनिकका अध्यक्ष डा अनन्त श्रेष्ठले हेपाटाईटिस ए र ई दूषित पानीबाट सर्ने रोग भएको बताउनुभयो ।

हेपाटाइटिस ई गर्भवती महिलामा चक्रो रूपमा सङ्क्रमित हुने गरेको उल्लेख गर्दै उहाँले कुल सङ्क्रमित मध्ये करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु यही रोगका कारण हुने गरेको छ भन्नुभयो ।

लिभर फाउन्डेसनका डा. सुशिल प्रजापतिले हेपाटाइटिस बि र सीले कलेजोको दीर्घकालीन सङ्क्रमण गराउने र दुवै जिवाणुले लामो समयसम्म सङ्क्रमण गरेको खण्डमा कलेजोको क्यान्सर, सिरोसिस (कडापन) तथा कलेजो फेलसमेत गराउन सक्ने भएकाले यसबाट सचेत हुन जरुरी रहेको बताउनुभयो ।

दश वर्ष भन्दा कम उमेरका बालकलाई हेपाटाइटिस बी स¥यो भने जन्मभर उक्त रोगका जीवाणु हुन सक्ने सम्भावना ९० प्रतिशत रहेको उल्लेख गर्दै फाउन्डेसनका अध्यक्ष डा श्रेष्ठले बढी उमेरमा स¥यो भन्ने ९० प्रतिशत हराएर जाने र १० प्रतिशत मात्र बाकी रहने दावी गर्नुभयो ।

हेपाटाइटिसका नाउँमा घरघरमा दिइने भ्याक्सिनको खासै महत्व नरहेको र ठूला उमेरमा भ्याक्सिन दिन आवश्यक नै नभएको उल्लेख गर्दै डा श्रेष्ठले सानो उमेरका लागि सरकार आफूले नै दिइदै आएकाले घरघरमा दिने भ्याक्सिनको आवश्यक नभएको बताउनुभयो ।

विश्व हेपाटाइटिस दिवसका अवसरमा लिभर क्लिनिक टेकुमा हिजो र आज भएको दुईदिने कलेजो रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०० जनालाई स्वास्थ्य, कलेजो, रगत परीक्षण तथा परामर्श सेवा पु¥याइएको बताइयो ।