काठमाडौं, १२ साउन । स्थायी शिक्षक नियुक्त भएपनि सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई सेवाबाट नहटाइने भएको छ।
शिक्षक संगठनका प्रतिनिधिको दबाबमा शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ। मन्त्रालयको निर्णय अनुसार स्थायी शिक्षक नियुक्तिपछि विस्थापित हुन लागेका अस्थायी शिक्षकलाई हाल पढाइरहेको भन्दा तल्लो तहमा झारेर पनि सेवालाई निरन्तरता दिइनेछ।
शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण १२ हजार सात सय ४३ जनाले पदस्थापनाको मिति कुरिरहेका छन्। नयाँ पदस्थापना हुनुअघि अस्थायी शिक्षकको सेवा सुनिश्चित हुनुपर्ने माग राख्दै अस्थायी शिक्षक सम्बद्ध संगठनहरु आन्दोलनमा थिए।
मुलुकभर अहिले २५ हजार भज्ला बढी अस्थायी र ३८ हजार हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन् ।
















प्रतिक्रिया