३० आश्विन २०८३, शुक्रबार

तिनकुने एयरपोर्टखण्ड आठ लेनको बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tinkune-airport-road

काठमाडौं, १२ साउन । उपत्यकाको मध्यमागमा पर्ने सिनामंगल रत्नपार्क जोड्ने सडकखण्ड विस्तार गरेर निर्माण हुन अझै एक वर्ष लाग्ने भएको छ । विस्तारका क्रममा भवन भत्काउन समस्या भएपछि काम अगाडि बढ्न सकेको छैन् ।

सडक विभागका प्रवक्ता अर्जुन थापाका अनुसार विशेषगरी मैतिदेवीदेखि चारखालसम्मको सडकखण्ड विस्तारमा समस्या आएको हो, उनले भने, ‘सडकछेउमा पर्ने भवन भत्काउन समस्या आएको छ ।

८० प्रतिशत संरचना भत्किएपछि विस्तारका अन्य काम अघि बढाउनुपर्ने सामान्य नियम छ । तर, त्यस स्थानमा हुन सो काम सकेको छैन् । जसले गर्दा न बिजुलीको पोल सार्न सकिएको छ न अन्य पूर्वाधार नै खडा गर्न सकिएको छ ।’

स्थानीय नमानेपछि सडक विस्तारका क्रममा भवन भत्काउन नसकिएको विभागका प्रवक्ता थापाले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।