२९ आश्विन २०८३, बिहिबार

कसैले त्यसको मुख खोलिदियो, त्यसपछि ड्वाङ्ङ पड्कियो, हेर्दाहेर्दै सब भुइँमा ढले…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bam Sirahaसिरहा, १२ साउन । घाँस काट्न गएकी गोविन्दपुर–७ की ललिता महतोले कहिल्यै नदेखेको नौलो चिज फेला पारिन्। के होला भन्ने उत्सुकतासाथ बोकेर घर ल्याइन्। पतिलाई देखाइन्। छिमेकका अरू पनि जम्मा भए।

सबैजना ट्वाल्ल परेर ओल्टाइपल्टाइ हेर्न थाले। हेर्दाहेर्दै कसैले त्यो चिजबाट पिन झिकिदियो।

पिन झिक्नासाथ ठूलो आवाज निकालेर पड्कियो। वरपर जम्मा भएका सबै भुइँमा ढले।
त्यो ग्रिनेड बम रहेछ।

सिरहाको गोविन्दपुर–७ मा आइतबार दिउँसो भएको यो घटनामा एक बालकको मृत्यु भएको छ। बमको छर्रा लागेर स्थानीय १० वर्षीय रामकुमार महतोको मृत्यु भएको हो। घटनामा आठ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय, लहानका अनुसार घाइते हुनेमा विष्णुदेव महतो, जीवन महतो, श्रीदेव महतो, सिविता महतो, गणिता महतो, पुनम यादव, ललिता महतो र निर्मलादेवी महतो छन्।

घाइते सबैलाई लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल पुर्यायइएको थियो। त्यसमध्ये सात जनालाई धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। घाइते ललिताको भने लहानमै उपचार भइरहेको छ। मृत्यु हुने बालक ललिताकै जेठाजुका छोरा हुन् भन्ने समाचार आजको नागरिक दैनिकले छापेको छ ।

अस्पताल शऒ्ढयामा रहेकी ललिताका अनुसार उनी घाँस काटेर धानखेत जाँदा आलीमा उक्त अनौठो वस्तु देखेकी थिइन्। ‘अचम्म लागेर घर ल्याएर पतिलाई देखाएँ। छिमेकका अरू पनि जम्मा भए।

कसैले त्यसको मुख खोलिदियो,’ ललिताले भनिन्, ‘त्यसपछि ड्वाङ्ङ पड्कियो। हेर्दाहेर्दै सब भुइँमा ढले। रगतको आहालमा लतपत जेठाजुको छोराले त्यहीँ दम तोडे।’

नचिनेको वस्तु टिपेकोमा पछुतो मान्दै उनी भक्कानिइन्। ‘मैले त काल पो घर ल्याएकी रहेछु,’ उनले भनिन्, ‘आफ्नै कारणले आफन्त गुमाउनुपर्यो ।’

डिएसपी फुयालले पनि बम भन्ने नचिनेका स्थानीयमध्ये कसैले पिन झिकिदिँदा विस्फोट भएको बताए। ‘घटनाक्रम बुझ्दा ग्रिनेड विस्फोट भएजस्तो देखिन्छ,’ उनले भने, ‘अनुसन्धान जारी छ।’